काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
उक्त बैेठकले आव २०८०/८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजी ५ अर्ब रुपैयाँको २१.०५२६४ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।