Bizshala
  • आईतवार, माघ ४,२०८२ 02:31:22
Bizshala
Global IME Bank Limited
Bizshala

बीमा कम्पनीहरुको लाभांश सिजन सुरु, सुखद् ओपनिङ हुँदा अधिकांशले नगदमा जोड दिने सम्भावना

Hyundai Nepal
बीमा कम्पनीहरुको लाभांश सिजन सुरु, सुखद् ओपनिङ हुँदा अधिकांशले नगदमा जोड दिने सम्भावना
Shivam Cement

काठमाण्डौ । बीमा कम्पनीहरुको लाभांश घोषणा हुन सुरु भएको छ । नेप्सेमा सूचीकृत अन्य कम्पनीहरुको तुलनामा बीमा कम्पनीहरुले ढिलै लाभांश प्रस्ताव गर्ने गर्दछन् ।  

हालसम्म गत आवको वितरणयोग्य मुनाफाबाट लाभांश प्रस्ताव गर्नेमा ५ कम्पनी मात्रै छन् । जीवन बीमातर्फ सिटिजन लाइफ, आइएमई लाइफ र नेपाल लाइफ छन् भने निर्जीवनतर्फ सिद्धार्थ प्रिमियर र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेका छन् ।  

गत आवको मुनाफाबाट लाभांश प्रस्ताव गरेका ५ बीमा कम्पनीले उत्कृष्ट लाभांश घोषणा गरेका छन् । बीमा कम्पनीहरुको लाभांश सिजन सुरु भएलगत्तै राम्रो सुरुवात भएको छ । लाभांश प्रस्ताव गर्ने सबै कम्पनीले नगद लाभांशलाई नै जोड दिएका छन् । नेपाल लाइफ इन्स्योरेन्स बाहेक सबै कम्पनीले नगद लाभांश मात्रै प्रस्ताव गरेका छन् भने नेपाल लाइफले पनि बोनस भन्दा बढी नगदमा नै जोड दिएको छ ।  

CG Motors
Bizshala
Garima Development Bank

जीवन बीमातर्फ नेपाल लाइफले गत आवको मुनाफाबाट १६ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश ९कर सहित० गरी कुल २१।०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । त्यस्तै, सिटिजन लाइफले २० प्रतिशत नगद लाभांश, आइएमई लाइफले १०।५२६३ प्रतिशत नगद लाभांश निर्जीवनतर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५ प्रतिशत नगद लाभांश र आइजीआई प्रुडेन्सियल इ्रन्स्योरेन्सले ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन् ।

समग्रमा बीमा कम्पनीहरुको प्रस्तावित लाभांश ओपनिङमा सुखद् देखिएको छ । सूचीकृत कम्पनीहरुमा बैंक तथा वित्तीय संस्था र अन्य कम्पनीहरुको लाभांशदर खस्किँदै गइरहेकोमा बीमा कम्पनीहरुले भने नगद नै दिएपनि सुखद् ओपनिङ गरेका छन् ।  

लाभांश घोषणा गरिसकेका ५ बीमा कम्पनीको नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापुँजी पुगिसकेको छ । प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीले ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीले साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ । पूँजी पुगिसकेका कारण बीमा कम्पनीहरु नगद लाभांशमा जोड दिन थालेका छन् ।

New Office
Laxmi Sunrise Bank Limited
IME remit

नेप्सेमा सूचीकृत जीवन बीमातर्फ सबै कम्पनीको तोकिएको पूँजी पुगिसकेको छ भने  निर्जीवनतर्फ युनाइटेड अजोड, प्रभु इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र सानिमा जिआइसी इन्स्योरेन्सको पूँजी अझै पुगेको छैन । अपुग पूँँजी भएका चार निर्जीवन बीमा कम्पनीहरुमा युनाइटेड अजोड र सानिमा जिआइसी हकप्रद निष्कासनको तयारीमा छन् भने राष्ट्रिय बीमा कम्पनी र प्रभु इन्स्योरेन्सले कुनै पनि योजना बनाएका छैनन् ।

बीमा कम्पनीहरुको लाभांश घोषणको सेनारियो हेर्दा अधिकांश बीमा कम्पनीले नगद लाभांशमा नै जोड दिने देखिन्छ । निर्जीवन बीमा कम्पनीहरुले आर्जित मुनाफाबाट केही प्रतिशत रकम लाभांश बाँड्नको लागि छुट्याएका हुन्छन् भने जीवन बीमा कम्पनीहरुले यस्तो रकम छुट्याएपनि एक्चुरियल भ्यालुएसनपछि मात्रै लाभांश तय हुन जान्छ ।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.