सोमबार, आश्विन १२,२०८३ 08:51:58
Bizshala
  • सोमबार, आश्विन १२,२०८३ 08:51:58
Bizshala
Global IME Bank Limited

सिक्लेस हाईड्रोको लाभांश घोषणा, शतप्रतिशत हकप्रद पनि जारी गर्ने

Bizshala
सिक्लेस हाईड्रोको लाभांश घोषणा, शतप्रतिशत हकप्रद पनि जारी गर्ने
New Office

काठमाण्डौ । सिक्लेस हाईड्रो लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

बैठकले २०८२ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७८९ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेको छ । बैठकले कम्पनीको २० औं र २१ औं वार्षिक साधारण सभा डाकेको हो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उक्त सभा मंसिर २९ गते पोखरामा रहेको आभ्या क्लबमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा लाभांश वितरणको प्रस्ताव पारित हुनुका साथै बोनस सेयर जारी भएपश्चात कायम हुने चुक्तापूँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सो बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकद्वारा प्रस्तुत आव २०८०/८१ र २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत सोसँग सम्बन्धित अनुसुचीहरु उपर छलफल गरि पारित गर्ने, आव २०८२/८३ को लागी लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समिति चयन गर्ने प्रस्ताव समेत सभाबाट पारित हुनेछ ।  

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १८ गते सेयरधनी दर्ता किताब(बुक क्लोज) बन्द गर्ने निर्णय गरेको छ । यसर्थ नेप्सेमा मंसिर १७ गतेसम्म कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै सो सभामा भाग लिन तथा लाभांशका लागि योग्य हुनेछन ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.