काठमाण्डौ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम३ को लाभांश घोषणा गरिएको छ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम– ३ का इकाईधनीहरुका लागि लाभांश घोषणा गरिएको हो ।
योजनाको लेखापरिक्षण कार्य सम्पन्न भए लगत्तै योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ का लागि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ का इकाईधनीहरुलाई कर सहित ७ प्रतिशतका दरले हुन आउने रकम ५ करोड ६४ लाख ६ हजार रुपैयाँबराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।