काठमाण्डौ। ग्लोबल आइएमई क्यापिटल लिमिटेडको योजना व्यवस्थापनअन्तर्गत सञ्चालित ग्लोबल आइएमई म्युचुअल फण्डका दुई योजनाले आर्थिक वर्ष २०८२/८३ को प्रतिफल घोषणा गरेका छन्।
योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलको सञ्चालक समितिको २१ गते बसेको सञ्चालक समितिको ३०७औँ बैठकले गरेको निर्णयअनुसार ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ का इकाइधनीलाई योजनाको आकारको १२ प्रतिशतका दरले नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको हो। उक्त प्रतिफल रकममा करसमेत समावेश रहेको कम्पनीले जनाएको छ।
योजनाको आर्थिक वर्ष २०८२/८३ को बाह्य लेखापरीक्षण सम्पन्न भएपछि प्रतिफल वितरणसम्बन्धी निर्णय गरिएको हो। प्रतिफल वितरणका लागि आवश्यक प्रक्रिया पूरा गरी इकाइधनीलाई रकम उपलब्ध गराइने कम्पनीले जनाएको छ।
यस्तै, सोही बैठकले ग्लोबल आइएमई समुन्नत योजना–२ का इकाइधनीलाई भने आर्थिक वर्ष २०८२÷८३ का लागि कुनै पनि प्रतिफल वितरण नगर्ने निर्णय समेत गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।