काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
बैठकले गत आवसम्मको वितरणयोग्य मुनाफाबाट ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात संस्थाको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।