काठमाण्डौ । एनएमबी बैंकको कोष प्रवर्द्धन तथा एनएमबी क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालित तीनवटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८२÷८३ को सञ्चित मुनाफाबाट इकाईधनीलाई प्रतिफल वितरण गर्ने भएका छन्।
एनएमबी क्यापिटलको सञ्चालक समितिको साउन २९ गते बसेको १९२औँ बैठकले एनएमबी फिफ्टी, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ र एनएमबी हाइब्रिड फण्ड एल–२ का इकाईधनीलाई क्रमशः ३.१५ प्रतिशत, १० प्रतिशत र ४.५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो। घोषित प्रतिफल करसहित रहेको कम्पनीले जनाएको छ।
प्रतिफल वितरण प्रयोजनका लागि तीनवटै योजनाको बुक क्लोज भदौ ८ गते सोमबार एक दिनका लागि बन्द गरिने भएको छ। यसअनुसार भदौ ७ गतेसम्म कायम इकाईधनी घोषित प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् ।
एनएमबी क्यापिटलले सञ्चालक समितिको २०८३ साउन २९ गते बसेको बैठकबाट प्रतिफल वितरणसम्बन्धी निर्णय गरेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।