काठमाण्डौ । सानिमा माई हाईड्रो लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
बैठकले गत आवसम्मको वितरणयोग्य सञ्चित खुद मुनाफामध्येबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
लाभांश प्रस्तावसहितको विशेष अजेण्डा पारित गर्न कम्पनीले साधारण सभा समेत डाकेको छ । कम्पनीले आगामी पुस २८ गते १३ औं साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा लाभांशको अजेण्डा पारित गरिनुका साथै समान उद्देश्य भएका अन्य उपयुक्त कम्पनी गाभ्ने/गाभिने वा एकिकरण गर्ने र सोसँग सम्बन्धित सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभँंश पाउन र सभामा भाग लिन पाउनेछन् ।