सानिमा माई हाईड्रोको लाभांश घोषणा, साधारण सभा र बुक क्लोजको मिति पनि तय
काठमाण्डौ । सानिमा माई हाईड्रो लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । बैठकले गत आवसम्मको वितरणयोग्य सञ्चित खुद मुनाफामध्येबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।