सोमबार, श्रावण १८,२०८३ 10:19:05
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 10:19:05
Bizshala
Global IME Bank Limited

सानीमा हाईड्रो पावरको सेयर बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?

सानीमा हाईड्रो पावरको सेयर बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?
New Office

काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिटिमेड नेप्सेमा सूचीकृत जलविद्युत कम्पनीहरुमध्ये एक हो । यो कम्पनी ‘रन अफ द रिभर प्रोजेक्ट’का आधारमा सञ्चालित कम्नपी हो । यो कम्पनीले माई हाइड्रो पावर प्रोजेक्ट (२२ मेगावट) र माई क्यासकेड हाइड्रो पावर प्रोजेक्ट (७ मेगावट) सञ्चालन गरिरहेको छ ।  यो कम्पनी सानिमा ग्रुपले सञ्चालनमा ल्याएको हो ।  

आधारभूत पक्षः  

यस आर्थिक बर्षको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चूक्तापूँजी ३ अर्ब ३९ करोड ८१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब १२ करोड ७१ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको कुल पूँजी ६ अर्ब ५२  करोड रुपैयाँ रहेको छ । कम्पनीको खूद मुनाफा २६ करोड ९१ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १५.८४ रुपैयाँ रहेको छ । कम्पनीको बुक भ्यालु १९२ रुपैयाँ र रिर्टन अन इक्विटी ८.२५ प्रतिशत रहेको छ ।  

प्राविधिक पक्षः  

फियर एण्ड ग्रिड इन्डेक्स  

यो इन्डेक्सको आधारमा यो कम्पनी हाल ७५ को तहमा बुलिस सेन्टिमेन्टमा चलेको छ । अथवा कम्पनीको सेयरको भ्यालुमा बिस्तारै आकर्षण बढ्दै गरेको देखिन्छ । यस्तो इन्डेक्समा कम्पनीको सेयर भ्यालु यदि ० देखि २० सम्म हुन्छ भने स्ट्रङ बियरिस , २० देखि ४० सम्म बियरिस ,४० देखि ६० सम्म न्यूट्रल , ६० देखि ८० सम्म बुलिस र ८० देखि १०० सम्म स्ट्रङ बुलिस मानिन्छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनीे हाल अपर ब्याण्डमा चलेको देखिन्छ । अपर ब्याण्ड र लोअर ब्याण्डको दूरी बढेको छ । म्याक्डीमा केही समय पहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम सकारात्क र लामा–लामा हुँदै गएका छन् । मनी फ्लो इन्डेक्स ७७ को तहमा चलेको छ । समग्रमा इन्डिकेटरबाट नियाल्दा यो कम्पनीको सेयर भ्यालु अप ट्रेन्डमा चलेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ६१४

प्रतिरोध २ – ५७२

प्रतिरोध १–  ५२६

पिभट् प्वइन्टः ४८४

घटेमा सपोर्ट  

सपोर्ट १– ४३८

सपोर्ट २– ३९६

सपोर्ट  ३ –३५०

निष्कर्षः आधारभूत रुपमा यो कम्पनी मजबुत नै रहेको छ । कम्पनीको चूक्तापूँजीबराबर जगेडा कोष रहेको छ । बुक भ्यालु १९२ रुपैयाँ तथा प्रतिसेयर आम्दानी करिब १६ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको प्रतिसेयर आम्दानी र रिर्टन अन इक्विटी भने करिब २७ प्रतिशले गिरावट आएको छ । प्राविधिक रुपमा यो कम्पनी पियर एण्ड ग्रिडमा बुलिस सेन्टिमेन्टमा चलेको छ । अर्थात इन्डिकेटरबाट नियाल्दा कम्पनीको सेयर भाउमा बिस्तारै आकर्षण बढ्दै गएको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.