काठमाण्डौ । सानिमा माई हाईड्रो लिमिटेडलेको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४८८.१८ रुपैयाँ कायम भएको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५३७ रुपैयाँको आधारमा समायोजन भएको हो । आजको कारोबारबाट यहि मूल्यमा आधारमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीले आव २०८०/८१ का लागि १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।५२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यो लाभांश आगामी पुस २८ हुने कम्पनीको १३ औं साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।