बिहीबार, बैशाख ३१,२०८३ 07:15:15
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:15:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

विद्युत बिक्री आम्दानी घटेसँगै सानिमा माई हाईड्रोको नाफा पनि घट्यो

Laxmi Sunrise Bank Limited
विद्युत बिक्री आम्दानी घटेसँगै सानिमा माई हाईड्रोको नाफा पनि घट्यो
Shivam Cement

काठमाण्डौ । विद्युत बिक्री आम्दानी घटेसँगै सानिमा माई हाईड्रो पावर कम्पनी लिमिटेडको नाफामा गिरावट आएको छ । कम्पनीले आज चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले २७ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  

कम्पनीको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १२.११ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३१ करोड ४७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

Bizshala
New Office
CG Motors

तेस्रो त्रैमाससम्म कम्पनीको विद्युत बिक्री आम्दानीमा १३.९९ प्रतिशतको गिरावट आएको छ । कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ५१ करोड २९ लाख रुपैयाँ कमाएको छ । यस्तै कम्पनीले १ लाख १२ हजार अन्य आम्दानी र ८० लाख ६ हजारबराबरको वित्त आम्दानी गरेको छ ।  

कम्पनीको खुद सञ्चालन मुनाफा पनि ३९ करोड ९९ लाखबाट घटेर ३० करोड ५७ लाखमा सीमित बनेको छ । अघिल्लो आवमा ८ करोड ४ लाख रहेको वित्त खर्च घटेर ५ करोड ४५ लाखमा झरेको छ । प्रशासनिक तथा अन्य सञ्चालन खर्च पनि १३ करोड १२ लाखबाट बढेर १३ करोड ३५ लाख पुगेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

यो अवधिमा कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब ७ करोडबाट घटेर १ अर्ब १ करोडमा सीमित बनेको छ । कम्पनीको अन्य रिजर्भको आकार १ अर्ब ७० करोड रुपैयाँबराबर रहेको छ ।  

समीक्ष अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)७.४१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७२.८५ रुपैयाँ, पीई रेसियो ६२.९० गुणा र तरलता अनुपात ५.६९ प्रतिशत कायम भएको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.