काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस ३ गते बिहान ८ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो ।
बैठकले आव २०८१/८२ का लागि हाल कायम रहेको कम्पनीको चुक्तापूँजीको ६.३१५८ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीको हाल कायम चुक्तापूँजी २ अर्ब ५४ करोड ८५ लाख रहेको छ ।
प्रस्तावित लाभांशमा नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।