नेपाल इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग
काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको क्षतिप्रति राहत तथा सहयोगस्वरूप नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

