काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले करिब २ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म १०ः३.४७८३ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको १ लाख ९७ हजार ४२.७६ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।
कम्पनीले यही भदौ २७ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने भएको छ । कुल सेयर संख्यामा संस्थापक समूहतर्फ ४ हजार ४६८.७६ कित्ता र सर्वसाधारणतर्फ १ लाख ९२ हजार ५७४ कित्ता रहेको छ ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले एनआईएमबि एस क्यापिटलको लाजिम्पाटस्थित कार्यालय, र क्यापिटलको पोखरा,बुटवल वीरगञ्ज र विराटनगर शाखा कार्यालयहरुबाट आवेदन पेश गर्न सक्नेछन् ।
लगानीकर्ताले असोज ५ गतेसम्म बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।