शनिबार, असार १४,२०८२ 02:40:21
  • शनिबार, असार १४,२०८२ 02:40:21
Global IME Bank Limited

नेपाल इन्स्योरेन्सको नाफामा १०१% को उछाल, ईपीएस ४९.८२ रुपैयाँ

Hyundai Nepal
नेपाल इन्स्योरेन्सको नाफामा १०१% को उछाल, ईपीएस ४९.८२ रुपैयाँ
Nabil Bank Limited

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा १०१.१३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६१ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ३० करोड ५४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म ४९ करोड १३ लाख रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधकिो तुलनामा १ं४८ प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा ४९ करोड ८७ रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको अन्य  आम्दानी १ करोड ५९ लाख र लगानी तथा कर्जा आम्दानी ७९ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको कुल आम्दानी १ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलनामा ६४.९९ प्रतिशतले बढी हो । तेस्रो त्रैमाससम्म कम्पनीको १६ करोड ९० लाख रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २१.६० प्रतिशतले बढी हो ।  

समीक्षा अवधिसम्म कम्पनीले ५३ करोड १७ लाख रुपैयाँबराबरको कुल खर्च गरेको छ । कम्पनीको महाविपत्ती कोषमा ९ करोड ४८ लाख र रिटेन्ड अर्निङको रपमा २७ करोड ४५ लाख रुपैयाँ सञ्चित गरेको छ ।  

कम्पनीको चुक्तापूँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) उल्लेख्य बढेको छ । कम्पनीको ईपीएस २७.२५ रुपैयाँबाट बढेर ४९.८२ रुपैयाँ कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २३०.३३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३६३.३७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १६.७४ गुणा कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.