सोमबार, श्रावण ११,२०८३ 12:28:06
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 12:28:06
Bizshala
Global IME Bank Limited

नेपाल इन्स्योरेन्सद्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न, नेको इन्स्योरेन्सले जित्यो उपाधि

नेपाल इन्स्योरेन्सद्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न, नेको इन्स्योरेन्सले जित्यो उपाधि
New Office

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा मसिंर १९ र २० गते सामाखुसी फुटसलमा आयोजना गरिएको फुटसल प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगितामा नेपाल बीमा प्राधिकरण लगायत सम्पुर्ण, जीवन, निर्जिवन लघु, पुनर्बीमा कम्पनीहरु तथा सर्भेयरहरु सहित २५ संस्थाहरुबाट २८ टिमको सहभागिता रहेको थियो ।

उक्त प्रतिगितामा प्रथम हुने नेको इन्स्योरेन्स लिमिटेड, द्धितिय हुने नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र तेस्रो हुने हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेडका खेलाडीहरुलाई कम्पनीका सञ्चालक समितिका अध्यक्ष चन्द्र सिंह साउद  र प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले प्रमाण पत्र, पदक तथा शिल्ड प्रदान गरेका थिए ।

उक्त प्रतियोगितामा उत्कृष्ठ गोलकिपर नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका रोमन सिंह, उत्कृष्ठ डिफेन्डर  हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेडका  सुनिल थापा,उच्च गोलकर्ता हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेडका दिनेश कुमार सिंह र प्रतियोगिताको उत्कृष्ठ खेलाडी नेको इन्स्योरेन्स लिमिटेडका युकेश तामाङ्गलाई ट्रफि प्रदान गरिएको थियो ।

साथै अनुशासित, मर्यादित र निष्पक्ष खेल खेलाए वापत रेफ्रिहरु र उक्त प्रतियोगिताका लागि खेलमैदान उपलब्ध गराएका सामाखुशि फुटसलका राजु महर्जनलाई कम्पनीका सञ्चालक समितिका अध्यक्ष चन्द्र सिंह साउदले मायाको चिनो प्रदान गरेका थिए । उक्त प्रतियोगिता कम्पनीको फेसबुक पेजबाट  प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.