मंगलवार, भाद्र ३०,२०८३ 07:02:30
Bizshala
  • मंगलवार, भाद्र ३०,२०८३ 07:02:30
Bizshala
Global IME Bank Limited

नेपाल इन्स्योरेन्सले लाभांश पारित गर्न डाक्यो साधारण सभा, बुक क्लोजको मिति पनि तय

नेपाल इन्स्योरेन्सले लाभांश पारित गर्न डाक्यो साधारण सभा, बुक क्लोजको मिति पनि तय
New Office

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । फागुन २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ७६ औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।  

सभा आगामी चैत १९ गते काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

सभामा आव २०८०/८१ का लागि हाल कायम रहेको कम्पनीको चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७९ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै, सभामा गत जेठ ४ गते बसेको विशेष साधारण सभाबाट पारित ४० प्रतिशत हकप्रद सेयरलाई बोनस सेयर जारी गरेपश्चात हुने चुक्तापूँजी अनुसार पुनरावलोकन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गर्ने र नियमनकारी निकायहरुबाट प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशाधेन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु समेत पारित गरिनेछ ।  

सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Muktinath Bikas Bank Limited

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत ७ एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ चैत ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.