काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको क्षतिप्रति राहत तथा सहयोगस्वरूप नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
बाढीबाट प्रभावित परिवारको पीडा र कठिन परिस्थितिलाई मध्यनजर गर्दै राहत तथा पुनर्स्थापनाका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग प्रदान गरिएको कम्पनीले जनाएको छ।
यस दुःखद् घटनामा ज्यान गुमाउनेहरूप्रति नेपाल इन्स्योरेन्सले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
साथै, बाढीबाट घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनर्स्थापनाको कामना गरेको कम्पनीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।