शनिबार, असार १४,२०८२ 07:03:52
  • शनिबार, असार १४,२०८२ 07:03:52
Global IME Bank Limited

थप दुई बीमा कम्पनीले हकप्रद जारी गर्न बोर्डसँग मागे अनुमति, कुनको कति ?

Hyundai Nepal
थप दुई बीमा कम्पनीले हकप्रद जारी गर्न बोर्डसँग मागे अनुमति, कुनको कति ?
Nabil Bank Limited

काठमाण्डौ । थप दुई बीमा कम्पनीले हकप्रद सेयर निष्कासनको प्रक्रिया अघि बढाएका छन् । सन नेपाल लाइफ र नेपाल इन्स्योरेन्सले हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छन् ।  

सन नेपाल लाइफले बोनस सेयर पश्चात् कायम चुक्तापुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँको २७ प्रतिशत हकप्रद ल्याउन अनुमति मागेको छ । धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँबराबरको हकप्रद जारी गर्नेछ । जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर जारी गर्नेछ ।

CG Motors
Muktinath Bikas Bank Limited

सन नेपाल लाइफको हकप्रद बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । कम्पनीले असार २३ गते बोर्डमा आवेदन दिएको हो ।  

त्यस्तै, नेपाल इन्स्योरेन्सले पनि प्राधिकरणको निर्देशनअनुसार चुक्तापुँजी बढाउने प्रयोजनकै लागि हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीले चुक्तापुँजीको ४० प्रतिशत हकप्रद ल्याउन अनुमति मागेको छ ।  

बोर्डले अनुमति दिएमा कम्पनीले ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँबराबरको हकप्रद जारी गर्नेछ । जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल ६५ लाख ७६ हजार ९३७.७६ कित्ता हकप्रद शेयर जारी गर्नेछ ।  

नेपाल इन्स्योरेन्सको हकप्रद बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ । कम्पनीले असार २४ गते बोर्डसँग हकप्रदका लागि अनुमति मागेको हो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.