आईतवार, श्रावण ३१,२०८३ 05:49:10
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 05:49:10
Bizshala
Global IME Bank Limited

नेपाल इन्स्योरेन्सको हकप्रद सेयर बाँडफाँड, करिब २ लाख कित्ता लिलामीमार्फत बिक्री गरिने

Prabhu Bank Limited
नेपाल इन्स्योरेन्सको हकप्रद सेयर बाँडफाँड, करिब २ लाख कित्ता लिलामीमार्फत बिक्री गरिने
New Office

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म जारी गरेको हकप्रद भदौ १५ गते बाँडफाँड गरेको हो ।  

कम्पनीले गत जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुका लागि हाल कायम चुक्तापूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँबराबरको १०ः३.४७८ अनुपातमा रु.१०० अंकित दरका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद निष्कासन गरेको थियो ।

CG Motors

उक्त हकप्रदमा रितपूर्वक आवेदन दिने १९ हजार ८०५ जना सेयरधनीलाई ६३ लाख ७९ हजार ९२५ कित्ता हकप्रद बाँडफाँड गरिएको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ ।  

यसरी कम्पनीको १ लाख ९७ हजार ४२ कित्ता हकप्रद भने बिक्री हुन सकेन । कम्पनीले उक्त अवितरित हकप्रद सेयर लिलामीमार्फत सर्वसाधारणलाई बिक्री गर्नेछ ।  

साथै, बाँडफाँडमा नपरेको हकप्रद सेयरबापतको रकम भदौ १८ गतेदेखि आईपीएसमार्फत सम्बन्धित आवेदकहरुको बैंक खातामा रकमान्तर गरिने कम्पनीले जनाएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.