शनिबार, असार १४,२०८२ 02:45:43
  • शनिबार, असार १४,२०८२ 02:45:43
Global IME Bank Limited

नेपाल इन्स्योरेन्सको साधारण सभा आज, लाभांश वितरणको प्रस्ताव पारित गरिने

Hyundai Nepal
नेपाल इन्स्योरेन्सको साधारण सभा आज, लाभांश वितरणको प्रस्ताव पारित गरिने
Nabil Bank Limited

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज बस्दै छ । कम्पनीको ७६ औं वार्षिक साधारण सभा काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

सभामा आव २०८०/८१ का लागि हाल कायम रहेको कम्पनीको चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७९ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

यस्तै, सभामा गत जेठ ४ गते बसेको विशेष साधारण सभाबाट पारित ४० प्रतिशत हकप्रद सेयरलाई बोनस सेयर जारी गरेपश्चात हुने चुक्तापूँजी अनुसार पुनरावलोकन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गर्ने र नियमनकारी निकायहरुबाट प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशाधेन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु समेत पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले गत चैत ७ एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ चैत ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.