काठमाण्डौ। नेपाल इन्स्योरन्स कम्पनी लिमिटेडले सञ्चालक समितिका सदस्यहरूको पदावधि आगामी साधारण सभा नहुन्जेलसम्मका लागि थप गर्ने निर्णय गरेको छ।
कम्पनीको सञ्चालक समितिको वैशाख २२ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।
संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरू अध्यक्ष चन्द्र सिंह साउद, नन्द किशोर शर्मा र होम बहादुर खड्का तथा सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालकहरू सबिता श्रेष्ठ जोशी र सजल मास्केको कार्यकाल आगामी जेठ २९ गतेसम्म रहेको छ ।
तर कम्पनीको आगामी साधारण सभा नहुन्जेलसम्म यी सबै सञ्चालकलाई जेठ ३० गतेदेखि लागू हुने गरी सञ्चालक पदमा निरन्तरता दिइएको कम्पनीले जनाएको छ।
त्यसैगरी, हाल कायम रहेको कम्पनीको सञ्चालक समितिको संरचना अनुसार चन्द्र सिंह साउदलाई नै सञ्चालक समितिको अध्यक्षमा निरन्तरता दिने निर्णय पनि गरिएको कम्पनीले जनाएको छ।

