काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पौडेलको पदावधि समाप्त भएको छ ।
नेपाल बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक समितिका अध्यक्ष पौडेल नेपाल बैंकबाट अनिवार्य अवकाश भएकाले उनी कम्पनीको अध्यक्ष तथा सञ्चालक पदमा नरहेको कम्पनीले जनाएको छ ।