आईतवार, कार्तिक १,२०८३ 08:05:59
  • आईतवार, कार्तिक १,२०८३ 08:05:59
Global IME Bank Limited

लाभांश पारित गर्न नेपाल इन्स्योरेन्सले पुस २९ गते साधारण सभा आयोजना गर्ने

Bizshala
लाभांश पारित गर्न नेपाल इन्स्योरेन्सले पुस २९ गते साधारण सभा आयोजना गर्ने
New Office

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ७७ औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।  

सभा पुस २९ गते काठमाण्डौको भद्रकालीमा त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

सभामा आव २०८१/८२ को मुनाफाबाट हाल कायम रहेको कम्पनीको चुक्तापूँजीको ६.३१५८ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस्तै, सभामा नियमनकारी निकायहरुबाट प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशाधेन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव समेत पारित गरिनेछ ।  

सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १४ एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.