काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
संस्थाको २४८ औं बैठकले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १०.००८३ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा ९.५०७९ प्रतिशत बोनस सेयर र ०.५००४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) रहेका छन् ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आए पश्चात् आगामी हुने वार्षिक साधारण सभामा स्वीकृतार्थ पेश गरिने बैंकले जनाएको छ ।