काठमाण्डौ। सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा ग्रोथ फण्डका इकाईधनीहरुका लागि लाभांश घोषणा गरिएको छ । योजनानन व्यवस्थापक सानिमा क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीहरूलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक/डिपोजिटरी रहेको सानिमा ग्रोथ फण्डका इकाईधनीहरुलाई आर्थिक वर्ष २०८२/८३ का लागि करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको छ ।
क्यापिटलका अनुसार २०८२ असार मसान्तसम्मको खुद सम्पत्ति मूल्य (न्याभ)१०.५४ रुपैयाँ रहेको छ। फण्डको योजनाको आकार ६७ करोड २५ लाख ३२ हजार ६०० रुपैयाँ रहेको छ। घोषित ५ प्रतिशत प्रतिफलअनुसार इकाईधनीहरूलाई कुल ३ करोड ३६ लाख २६ हजार ६३० रुपैयाँ नगद लाभांश वितरण गरिनेछ।
सानिमा ग्रोथ फण्ड बन्दमुखी प्रकृतिको म्युचुअल फण्ड योजना हो। क्यापिटलले प्रतिफल वितरणका लागि भदौ १८ गते एक दिनका लागि बुक क्लोज गर्ने गर्ने निर्णयसमेत गरेको छ। यसर्थ भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने इकाईधनीहरु मात्रै प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।