सोमबार, भाद्र २९,२०८३ 10:32:06
Bizshala
  • सोमबार, भाद्र २९,२०८३ 10:32:06
Bizshala
Global IME Bank Limited

अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा

अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा
New Office

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८२÷८३ को मुनाफा तथा सञ्चितीबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रु. ४ अर्ब ४ करोड ४ लाख ३ हजार १५० को ५ प्रतिशतका दरले रु. २० करोड २० लाख २० हजार १५७.५० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो।

त्यस्तै, कर प्रयोजनका लागि ०.२६३ प्रतिशतका दरले रु. १ करोड ६ लाख ३२ हजार ३२०.८९ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरिएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

यसअनुसार कम्पनीले सेयरधनीलाई कुल रु. २१ करोड २६ लाख ५२ हजार ४७८ रुपैयाँ ३९ पैसा बराबरको लाभांश वितरण गर्नेछ।

प्रस्तावित लाभांश कम्पनीको २९औँ वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्रै वितरण गरिनेछ।

कम्पनीले आगामी असोज २७ गते २९औँ वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा तथा प्रस्तावित लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १३ गते एक दिन बुक क्लोज बन्द गर्ने निर्णय गरेको छ।

यसर्थ असोज १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.