काठमाण्डौ । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाका इकाईधनीहरुका लागि लाभांश घोषणा गरिएको छ । योजना व्यवस्थापक प्रभु क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना इकाईधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रभु बैंक लिमिटेड कोष प्रवर्द्धक तथा प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डका लागि समान १२ प्रतिशत नगद लाभांश(करसहित) वितरण गर्ने निर्णय भएको क्यापिटलले जनाएको छ ।
प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्ड दुवै बन्दमुखी प्रकृतिका योजना हुन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।