काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालनमा रहेका दुई योजनाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण सम्पन्न गरेपछि इकाइधनीलाई नगद प्रतिफल वितरण गर्ने भएका छन्।
योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नबिल बैंक लिमिटेड कोष प्रवर्द्धक तथा नबिल इन्भेस्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल ब्यालेन्स्ड फन्ड–३ का इकाइधनीलाई नगद प्रतिफल वितरण गरिने भएको हो ।
नबिल ब्यालेन्स्ड फन्ड–२ ले करसहित ३.५ प्रतिशत नगद प्रतिफल वितरण गर्नेछ। त्यस्तै, नबिल ब्यालेन्स्ड फन्ड–३ ले करसहित २.५ प्रतिशत नगद प्रतिफल दिनेछ।
प्रतिफल वितरणका लागि असोज ७ गते बुधबार एक दिनका लागि सम्बन्धित योजनाहरूको बुक क्लोज गरिने छ।
यस्तै बैठकले नबिल फ्लेक्सी क्याप फन्ड र एनआई ३१ का इकाईधनीहरुलाई भने कुनैपनि लाभांश वितरण नगर्ने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।