काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तले नगद लाभांश परिमार्जन गरेको छ । पुस ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि प्रस्तावित लाभांश परिमार्जन गरेको हो ।
बैठकले यसअघि प्रस्तावित १ प्रतिशत नगद लाभांशलाई घटाएर ०.९६२३५०५ प्रतिशत कायम गरेको छ ।
यससँगै सेयरधनीहरुले पाउने कुल लाभांश ६.९६२३५०५ कायम भएको छ ।
संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई आर्थिक वर्ष २०८०÷८१ सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ६ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश(कर प्रयोजन समेत) गरी कुल ७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।