काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटा योजनाहरुको लाभांश घोषणा गरिएको छ । कोष व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले गत २०८०/८१ को मुनाफा तथा सो अवधिसम्म रहेको ससञ्चत कोष समेतबाट योजनाको ईकाइधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
बैठकले सिटिजन्स म्युचुअल फण्ड—१ बाट कर सहित ९ प्रतिशत नगद लाभांश, सिटिजन्स म्युचुअल फण्ड—२ बाट कर सहित ६.५ प्रतिशत नगद लाभाशं र सिटिजन्स सुपर ३० म्युचुअल फण्डबाट कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
साथै, उक्त लाभांश वितरण प्रयोजनका लागि आगामी असोज २३ गते एक दिन यी बुक क्लोज गर्ने निर्णय भएको छ । यसर्थ असोज २२ गतेसम्म कायम इकँईधनीहरु मात्रै प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।