शिवश्री हाइड्रोपावरको सेयर रजिस्ट्रारमा सिटिजन्स क्यापिटल नियुक्त
काठमाण्डौ । शिव श्री हाइड्रोपावर लिमिटेडको सेयर रजिष्ट्रारमा सिटिजन्स क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार २०८३ असोज २ गतेदेखि लागू हुने गरी सिटिजन्स क्यापिटललाई सेयर रजिस्ट्रार नियुक्त गरिएको हो । कम्पनीले सेयरसम्बन्धी अभिलेख राख्ने, दाखिल–खारेज तथा नामसारी गर्ने, सेयर रोक्का राख्ने र सेयरधनीको विवरण अद्यावधिक गर्नेलगायतका...

