काठमाण्डौ । सिटिजन्स क्यापिटल लिमिटेडले ५० करोड रुपैयाँबराबरको म्युचुअल फण्ड ल्याउने तयारी गरेको छ । कम्पनीले ५० करोड रुपैयाँबरारको रु १० अंकितदरको कुल ५ करोड ईकाई निष्काशनको तयारी गरेको हो ।
सिटिजन्स क्यापिटल योजना व्यवस्थापक रहेको ‘सिटिजन्स सदाबहार योजना’ नामक खुल्लामुखी योजना सञ्चालन गर्ने प्रयोजनार्थ कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन) मा आवेदन दिएको छ ।
उक्त योजना निष्काशनको अनुमति माग गर्दै कम्पनीले असोज २ गते सेबोानमा आवेदन दिएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।