काठमाण्डौ । शिव श्री हाइड्रोपावर लिमिटेडको सेयर रजिष्ट्रारमा सिटिजन्स क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार २०८३ असोज २ गतेदेखि लागू हुने गरी सिटिजन्स क्यापिटललाई सेयर रजिस्ट्रार नियुक्त गरिएको हो । कम्पनीले सेयरसम्बन्धी अभिलेख राख्ने, दाखिल–खारेज तथा नामसारी गर्ने, सेयर रोक्का राख्ने र सेयरधनीको विवरण अद्यावधिक गर्नेलगायतका सम्पूर्ण कार्य अब सिटिजन्स क्यापिटलमार्फत हुने जनाएको छ ।
सिटिजन्स क्यापिटल लिमिटेडको कार्यालय काठमाडौंको बाटुलेघर, डिल्लीबजारमा रहेको छ ।
कम्पनीका सेयरधनी तथा सम्बन्धित सबै पक्षलाई सेयर रजिस्ट्रारसम्बन्धी कामका लागि सिटिजन्स क्यापिटलसँग सम्पर्क गर्न कम्पनीले जानकारी गराएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।