आईतवार, श्रावण ३,२०८३ 03:33:05
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 03:33:05
Bizshala
Global IME Bank Limited

सिटिजन्स क्यापिटलद्वारा प्रतिफल वितरण

सिटिजन्स क्यापिटलद्वारा प्रतिफल वितरण
New Office

काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरुकोे आव २०८१/८२ को मुनाफा तथा सो अवधिसम्म रहेको संचित कोष समेतबाट योजनाको भदौ १२ गते सम्म कायम रहेका ईकाइधनीहरुलाई सिटिजन्स म्युचुअल फण्ड–२ बाट कर सहित ८.२५ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गरिएको छ । कम्पनीले रु.४,६२,००,००० र सिटिजन्स सुपर ३० म्युचुअल फण्डबाट कर सहित १२.७५ प्रतिशतले हुन आउने नगद लाभांश रु.९,५७,१७,२९७ भदौ २० गतेदेखि वितरण गर्ने कार्य शुरु गरेको जनाएको छ ।  

साथै, सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित सिटिजन्स म्युचुअल फण्ड–१ २०८१ फागुन १९ गते परिपक्व भई खुद सम्पत्ती मुल्य (न्याभ) ११.३० का दरले हुन आउने कर सहित रकम रु.९२,६६,०३,७२३ (अन्तिम वर्षको लाभांश १३ प्रतिशत (रु.१०,६६,०३,७२३ समेत) पनि २०८२ जेठ २७ गतेदेखि वितरण भई रहेको कम्पनीले जनाएको छ ।  

साथै, सिटिजन्स क्यापिटल लिमिटेडले आफ्नो मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई रु.३,२०,००,००० लाभांश २०८२ भदौ २० गतेदेखी वितरण भई रहेकोे जनाएको छ ।  

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरुको बिगतका आर्थिक वर्षहरुमा बितरित नगद लाभांश समेत हाल सम्म पनि बुझिलिन बाँकि रहेका ईकाइधनीहरुले आफ्नो हितग्राहि खातामा बैंक खाता अद्यावधिक गराउन हुन तथा सिटिजन्स क्यापिटल लिमिटेडमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

नेपाल धितोपत्र बोर्डबाट सामुहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), संस्थागत परामर्श सेवा , धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर), सेयर रजिष्ट्रार तथा डि–म्याट खाता जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह–लगानी रहेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.