काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडका सेयरधनीहरुले गत आवका लागि लाभांश पाउने भएका छन् । कम्पनीको मंसिर २५ गते बिहान बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
उक्त बैठकरले आव २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) प्रदान गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।