काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश संशोधन गरेको छ । संस्थाको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरिएको लाभांशदर सैशोधन गरेको हो ।
गत मंसिर २ण् गते बसेको संस्थाको बैठकले संस्थाका लगानीकर्ताले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१४२८५७१३ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको थियो । भुलवसश अन्यथा हुन गएकोमा संस्थाले उक्त लाभांशदर संशोधन गरेको जनाएको छ ।
संस्थाले उक्त लाभांशदर संशोधन गर्दै गत आवका लागि १४.२५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी साधारण सभाबाट पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।