बिहीबार, श्रावण २८,२०८३ 11:02:31
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 11:02:31
Bizshala
Global IME Bank Limited

हालसम्म १३ बीमा कम्पनीको लाभांश घोषणा, अधिकांशको नगदमा जोड

Prabhu Bank Limited
हालसम्म १३ बीमा कम्पनीको लाभांश घोषणा, अधिकांशको नगदमा जोड
New Office

काठमाण्डौ । अझैपनि एक दर्जन बीमा कम्पनीको लाभांशसम्बन्धी निर्णय हुन बाँकी नै छ । हालसम्म १३ बीमा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्, जसमा ५ जीवन बीमा कम्पनी छन् भने ८ निर्जीवन बीमा कम्पनी छन् ।  

जीवन र निर्जीवन गरी नेप्सेमा कुल २४ कम्पनी (लघुबीमक बाहेक) सूचीकृत छन् । आधा बीमा कम्पनीले लाभांश घोषणा गर्दा आधा बीमकहरुको भने घोषणा हुन बाँकी नै छ । लाभांश घोषणा वा सो सम्बन्धी निर्णयमा ढिलाई हुँदा बीमा कम्पनीको सेयरमा लगानीकर्ताहरुको मोह हराउँदै गएको छ ।  

नेप्सेमा सूचीकृत अन्य कम्पनीहरुको तुलनामा बीमा कम्पनीको लाभांश घोषणा ढिला नै हुने गर्दछ । बीमा कम्पनीहरुको लेखापरीक्षणको कार्यमा ढिलाई र जीवन बीमकहरुको बीमाङ्कीय मूल्यांकन गराउनुपर्ने व्यवस्थाले गर्दा बीमा कम्पनीको लाभांश घोषणा अन्य कम्पनीको तुलनामा केही समय ढिला हुने गर्दछ ।

सामान्यतया बीमा कम्पनीहरुको लागि फागुन र चैत महिना लाभांश सिजन मानिन्छ । तर वैशाखको दोस्रो सातासम्म आइपुग्दा पनि आधा बीमा कम्पनीले मात्रै लाभांश प्रस्ताव गर्ने वा नगर्ने निर्णय गरेका छन् ।  

लाभांश घोषणा गर्न अधिकांश जीवन बीमा कम्पनीहरु बाँकी छन् । बीमाङ्कीय मूल्यांकन गराउन ढिला हुँदा जीवन बीमा कम्पनीहरुले समयमा लाभांश प्रस्ताव र साधारण सभा गर्न सकिरहेका छैनन् ।  

लाभांश घोषणा गरिसकेका बीमा कम्पनीहरुले बोनस भन्दा बढी नगद लाभांशमा नै जोड दिएका छन् । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउन निर्देशन दिएबमोजिम बीमा कम्पनीहरुले पनि तोकेको पूँजी जुटाउन मात्रै बोनस प्रस्ताव गरेका छन् ।  

अपुग पूँजी बराबरको बोनस सेयर जारी गरि तोकिएको पूँजी पुर्याउने बीमा कम्पनीहरुको योजना रहेको छ । साथै केही कम्पनीहरुले हकप्रदमार्फत नै तोकेको पूँजी पुर्याउने योजनामा छन् । त्यस्ता कम्पनीहरुले पनि बोसन भन्दा बढी नगद लाभांशमा नै बढी जोड दिन सक्ने देखिन्छ ।

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.