काठमाण्डौ । प्रभु बैंक लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०८१÷८२ का लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
बैठकले नेपाल वित्तीय प्रतिवेदन मानबमोजिम तयार पारिएको वित्तीय अवस्थाको विवरण र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण स्वीकृत गरी वार्षिक साधारण सभा प्रयोजनार्थ प्रकाशन गर्न स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।