काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको भदौ १७ गते बसेको सञ्चालक समितिको ४७३ औं बैठकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बैठकले चुक्तापूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव आगामी २०औँ वार्षिक साधारणसभामा पेश गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांशमध्ये ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर रहेको छ। बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ।
सञ्चालक समितिको निर्णयअनुसार प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि उक्त प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेश गरिनेछ।
वार्षिक साधारणसभाबाट प्रस्ताव पारित भएपछि मात्र सेयरधनीले लाभांश प्राप्त गर्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।