काठमाण्डौ । साहस उर्जा लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांशको प्रस्ताव गरेको हो ।
बैठकले आव २०८१/८२ का लागि २१ प्रतिशत बोनस सेयर र १.१०५३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २२.१०५३ प्रतिशत लाभांश वितरण गर्ने गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय समेत गरेको छ । बैठकले आर्थिक वर्ष २०८०/०८१ को मिति २०८१ कात्तिक ४ गते बसेको साधारण सभाले तत्काल कायम रहेको सेयरमा १ः१ हकप्रद सेयर जारी गर्ने गरी गरेको निर्णयमा संशोधन गरी बोनस सेयर पछि कायम हुने चुक्ता पुँजी रु ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँको ४ करोड ५७ लाख ३८ हजार कित्ता हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।

