काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई बोनस सेयर तथा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको मिति २०८२ फागुन ८ गते बिहान ११ बजे केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको बैठकले हालको चुक्ता पुँजी रु. १ अर्ब २३ करोड ५ लाखको ७ प्रतिशत बोनस सेयर (कर बाहेक) वितरण गर्ने निर्णय गरेको हो। साथै, कर प्रयोजनका लागि ०.३६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरिएको कम्पनीले जनाएको छ।
प्रस्तावित बोनस सेयर सम्बन्धमा विद्युत नियमन आयोगबाट विद्युत नियमन आयोग नियमावली, २०७५ को नियम ४५ बमोजिम स्वीकृति लिइनेछ। आयोगबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले आर्थिक वर्ष २०८१/८२ को बाह्रौँ वार्षिक साधारण सभा आह्वान गरी उक्त प्रस्ताव पारित गर्ने जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।