बुधबार, चैत्र २०,२०८१ 02:24:14
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:24:14
IME remit
Global IME Bank Limited

सुपर मादी हाईड्रोपावरको लाभांश घोषणा, साधारण सभा पनि आह्वान

Hyundai Nepal
सुपर मादी हाईड्रोपावरको लाभांश घोषणा, साधारण सभा पनि आह्वान
Nabil Bank Limited

काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश दिने निर्णय गरेको हो ।  

बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र प्रस्तावित बोनस सेयरको कर प्रयोजनका लागि ५५ लाख २ध्६ हजार ३१६ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

प्रस्ताविलत लाभांश पारित गर्नका लागि कम्पनीले साधारण सभा समेत डाकेको छ । कम्पनीको १५ औं वार्षिक साधारण सभा कात्तिक ५ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

कम्पनीको अधिकृत पूँजी २ अर्ब २० करोड ५० लाख पुग्ने भएकाले सो पूँजीलाई प्रति सेयर रु.१०० का दरले २ करोड २० लाख ५० हजार थान साधारण सेयरमा विभाजन गरिएको  र कम्पनीको तत्काल जारी गर्ने पूँजी २ अर्ब २० करोड ५० हुने भएकाले सो पूँजीलाई प्रति सेयर रु.१०० का दरले २ करोड २० लाख ५० हजार थान साधारण सेयरमा विभाजन भएको  कम्पनीको पूँजी बृद्धिको प्रस्ताव पारित गरिनेछ ।  

यस्तै कम्पनीले ताप्लेजुङ जिल्ला स्थित निर्माणाधीन अवस्थामा रहेको २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी गर्न सञ्चित मुनाफा, कर्जा तथा हकप्रद सेयर जारी गर्ने र उक्त प्रयोजनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको संख्यामा संसोधन गर्ने  विशेष प्रस्तावहरु पारित हुनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकद्वारा प्रस्तुत आव २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत सोसँग सम्बन्धित अनुसुचीहरु उपर छलफल गरि पारित गर्ने र आव २०८१/८२ को लागी लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाबाट पारित हुनेछ ।  

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १८ गते देखि कात्तिक ५ गते सम्म कम्पनीको सेयरधनी दर्ता किताब(बुक क्लोज) बन्द गर्ने निर्णय गरेको छ । यसर्थ नेप्सेमा असोज १७ गते सम्म कारोबार भई कायम सेयरधनीहरु सो सभामा भाग लिन तथा लाभांशका लागि योग्य हुनेछन ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.