काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको ३४ औं बैठकले सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
उक्त बैठकले आव २०७९/८० को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको १४ प्रतिशत बोनस सेयर प्रदान गर्ने निणैय गरेको छ । यस्तै बैठकले उक्त बोनस सेयरमा लाग्ने करबापतको रकम सेयरधनी आफैले तिर्नुपर्ने निर्णय समेत गरेको छ ।
प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।