हिमालयन लाइफको साधारण सभा सम्पन्न, यी प्रस्ताव भए पारित
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । काठमाण्डौ नक्सालस्थित आम्रपाली बैंक्वेटमा बुधबार कम्पनीको सभा सम्पन्न भएको हो ।उक्त सभाले सञ्चालक समितिको आव २०८१÷८२ को वार्षिक प्रतिवेदन, कम्पनीको आव २०८१÷८२ को अवधिको लागि एनएफआएस बमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा÷नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र...

