बुधबार, श्रावण ६,२०८३ 12:15:32
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 12:15:32
Bizshala
Global IME Bank Limited

हिमालयन लाइफको सेयरबजारमा मात्रै पौने ११ अर्ब लगानी, सर्वाधिक नेपाल रि इन्स्योरेन्समा

हिमालयन लाइफको सेयरबजारमा मात्रै पौने ११ अर्ब लगानी, सर्वाधिक नेपाल रि इन्स्योरेन्समा
New Office

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा सबैभन्दा धेरै पुँजी रहेको हिमालयन लाइफ इन्स्योरेन्सको सेयरबजारमा मात्रै पौने ११ अर्ब रुपैयाँ लगानी रहेको छ ।  

नेपाल बीमा प्राधिकरणका अनुसार कम्पनीले गत आवको अन्त्यसम्म सेयरबजारमा १० अर्ब ८५ करोड ९७ लाख रुपैयाँ लगानी गरेको हो । यो लगानी रकम अघिल्लो आवको तुलनामा ९१.७१ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीको सेयरबजारमा ५ अर्ब ६६ करोड ४५ लाख रुपैयाँ मात्रै लगानी रहेको थियो ।  

गत आवमा हिमालयन लाइफले विभिन्न क्षेत्रमा कुल ७९ अर्ब ११ करोड १८ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीको सेयरबजारमा गरिएको लगानी रकम कुल लगानी रकमको १३.७२ प्रतिशत रकम हो ।  

कम्पनीले मुद्दती निक्षेपपछि धेरै सेयरबजारमा नै लगानी गरेको देखिएको छ । गत आवमा कम्पनीले बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा मात्रै ५० अर्ब ८७ करोड रुपैयाँ लगानी गरेको छ ।  

नेपाल बीमा प्राधिकरणद्वारा जारी बीमकको लगानी निर्देशिका बमोजिम जीवन बीमा कम्पनीहरुले कुल लगानीको १० प्रतिशत रकम सेयरबजारमा लगानी गर्न पाउने व्यवस्था छ ।  

साथै, प्राधिकरणले बीमकको लगानीलाई थप खुकुलो बनाउँदै सूचीकृत पब्लिक कम्पनीको सेयरमा लगानी गर्न पाउने सीमा बढाइदिएको छ । प्राधिकरणले लगानी निर्देशिका संशोधन गर्दै सूचीकृत पब्लिक कम्पनीको कायम चुक्तापूँजीको १५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेको छ ।  

यसअघि बीमा कम्पनीहरुले कायम चुक्तापूँजीको ५ प्रतिशतसम्म मात्रै लगानी गर्न पाउने व्यवस्था थियो । जस्तै, कुनै एक बैंकको चुक्तापूँजी एक अर्ब रुपैयाँ छ भने बीमा कम्पनीहरुले उक्त बैंकको सेयरमा १५ करोड रुपैयाँसम्म लगानी गर्न पाउनेछन् ।  

हिमालयन लाइफले कुल लगानी रकमको १३ प्रतिशत रकम सेयरबजारमा लगानी गरेको देखिएको हो । अन्य कम्पनीहरु बढी मुद्दती निक्षेपतिरै केन्द्रित हुँदा हिमालयन लाइफले भने जोखिम लिएरै सेयरबजारमा पनि लगानी बढाएको हो ।  

कम्पनीको अघिल्लो आवको वार्षिक प्रतिवेदनबमोजिम कम्पनीले सर्वाधिक नेपाल रि इन्स्योरेन्सको सेयरमा लगानी गरेको देखिएको हो । स्रोतका अनुसार गत आवमा पनि यो कम्पनीले नेपाल पुनर्बीमा कम्पनीको सेयरमा लगानी उल्लेख्य बढाएको छ ।  

अघिल्लो आवमा मात्रै यो कम्पनीले नेपाल पुुनर्बीमा कम्पनीको सेयरमा ६७ करोड १४ लाख रुपैयाँ लगानी गरेकोमा कम्पनीको कस्ट ६९ करोड २३ लाख रुपैयाँ रहेको थियो । बजारमा हिमालयन लाइफले नेपाल रि इन्स्योरेन्सको सेयर किनेको हल्ला छ । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीले नेपाल रि को सेयरमा लगानी उल्लेख्य बढाएको बुझिन्छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.