हिमालयन लाइफको सेयरबजारमा मात्रै पौने ११ अर्ब लगानी, सर्वाधिक नेपाल रि इन्स्योरेन्समा
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा सबैभन्दा धेरै पुँजी रहेको हिमालयन लाइफ इन्स्योरेन्सको सेयरबजारमा मात्रै पौने ११ अर्ब रुपैयाँ लगानी रहेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार कम्पनीले गत आवको अन्त्यसम्म सेयरबजारमा १० अर्ब ८५ करोड ९७ लाख रुपैयाँ लगानी गरेको हो । यो लगानी रकम अघिल्लो आवको तुलनामा ९१.७१ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीको सेयरबजारमा ५ अर्ब ६६ करोड ४५ लाख...