काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो साधारण सभा आज बस्दैछ । कम्पनीको साधारण सभा आज काठमाण्डौको कमलादीमा रहेको नेपाल पज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
उक्त सभामा आर्थिक वर्ष २०८०/८१ का लागि कायम चुक्ता पूँजी १० अर्ब ४० करोडको ४.५० प्रतिशत बोनश र ०.२४ प्रतिशत नगद लाभांश(कर प्रयोजनको लागि) गरी कुल ४.७४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत सोही अवधिको अन्य वित्तीय विवरणहरु माथि छलफल गरी पारित गरिनेछ ।
यस्तै सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले गत जेठ ११ गते बुक क्लोज गरेको थियो । यसर्थ जेठ १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । .