बिहीबार, कार्तिक ८,२०८१ 02:20:42
IME remit
  • बिहीबार, कार्तिक ८,२०८१ 02:20:42
IME remit
Global IME Bank Limited

हिमालयन रि इन्स्योरेन्सको सेयरभाउ हालसम्मकै उच्च, हाई क्याप भएका कम्पनी चल्न थालेको हो ?

Hyundai Nepal
हिमालयन रि इन्स्योरेन्सको सेयरभाउ हालसम्मकै उच्च, हाई क्याप भएका कम्पनी चल्न थालेको हो ?
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्सको सेयरभाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । प्रिमियम मूल्यमा आईपीओ ल्याएको सो कम्पनीको सेयर धितोपत्र दोस्रो बजारमा निकै चर्चामा रहेको छ ।  

कम्पनीको सेयर २०८० पुष २२ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको थियो । कम्पनीको कुल १० करोड कित्ता सूचीकृत भएको थियो । तर कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि ४ प्रतिशत बोनस सेयर वितरण गरेका कारण हाल कम्पनीको १० करोड ४० लाख कित्ता सेयर सूचीकृत रहेको छ ।  

नेप्सेमा सूचीकृत कम्पनीहरुमा हिमालयन रि इन्स्योरेन्स ठूलो पुँजी भएको कम्पनीमा पर्छ । कम्पनीको धितोपत्र बजार पूँजीकरण ८० अर्ब ८ करोड रुपैयाँ रहेको छ । यसर्थ बजारमा ‘हाई क्याप’ भएको कम्पनीमा हिमालयन रि इस्योरेन्स पनि गनिन्छ ।  

Bizshala
Shivam Cement
CG Motors

कम्पनीको अन्तिम सेयरभाउ ७७० रुपैयाँ रहेको छ, जुन यो हालसम्मकै उच्च मूल्य हो । यसअघि कम्पनीको सेयरमूल्य साउन १७ गते ७४५ रुपैयाँ पुगेर बन्द भएको थियो । आज कम्पनीको सेयरभाउ ३.२३ प्रतिशत अर्थात् २४.१० रुपैयाँले बढेर ७७० रुपैयाँ पुगेको हो ।  

सेयरभाउ बढेसँगै कम्पनीको सेयरमा लगानीकर्ताहरुको आकर्षण बढ्दो छ । दुईदिनयता हिमालयन रि इन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज एकैदिन सो कम्पनीको ५९ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । एक सातामा यो कम्पनीको ३ अर्ब ६६ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ । यसर्थ बढ्दो सेयरबजारमा हिमालयन रि इन्स्योरेन्सको सेयर पनि ‘हट केक’ बनेको छ ।  

केही समयअघि सेयरबजारमा ‘लो क्याप’ भएका कम्पनी चलाउने प्रवृत्ति मौलाएको थियो । थोरै पूँजी भएका कम्पनीलाई उचालेर सेयरभाउ बढाउने खालका प्रपञ्च रचिन्थ्यो । तर मौद्रिक नीतिपश्चात् आक्रामक रुपमा बढ्न थालेको बजारमा ‘हाई क्याप’ भएका कम्पनीहरु पनि चल्न थालेका छन् ।  

धितोपत्र बजार पूँजीकरणमा सर्वाधिक हिस्सा रहेको वाणिज्य बैंकहरुको सेयरभाउ साउन १३ गते आक्रामक रुपमा बृद्धि भएको थियो । अधिकांश बैंकका सेयरमा सो दिन सकारात्मक सर्किट लागेको थियो ।  

यसरी नै ठूला पूँजी भएका कम्पनीमा हिमालयन रि इन्स्योरेन्स, नेपाल रि इन्स्योरेन्स, नेपाल टेलिकम, नागरिक लगानी कोष र केही वाणिज्य बैंकहरु पर्दछन् । बढ्दो बजारमा हाई क्याप भएका कम्पनीहरु झन चल्न थालेका छन् ।  

पछिल्लो समय बजारमा हिमालयन रि इन्स्योरेन्सको सेयर चर्चामा छ । जति–जति सेयरमूल्य बढ्दै गयो उति नै कम्पनीको कारोबारमा समेत बृद्धि भएको देखिएको छ । सूचीकृतपश्चात कम्पनीको सेयर कारोबार ३०९.२० रुपैयाँमा खुलेको थियो । सोही दिन कम्पनीको सेयरभाउ बढेर ३२७.०८ रुपैयाँमा बन्द भएको थियो ।  

लगातार ७ कारोबार दिनसम्म कम्पनीको सेयरभाउ बढेर ८औं कारोबार दिनमा कम्पनीको सेयरभाउ घटेको थियो । यसरी नै सेयरभाउमा उतारचढाव हुँदै जाँदा कम्पनीको सेयरभाउ माघ १६ गते प्रतिकित्ता ६८२.५९ रुपैयाँ पुगेको थियो ।

त्यसपछि आव २०८१/८२ को मौद्रिक नीति सार्वजनिक भएपछि बढेको सेयरबजारमा हिमालयन रि इन्स्योरेन्सको सेयरभाउ ७ सय रुपैयाँ नाघेको हो । ‘बुलिस ट्रेन्ड’मा चलेको सेयरबजारमा हिमालयन रि इन्स्योरेन्सको सेयरभाउले दिनहुँ नयाँ रेकर्ड कायम गर्दै आएको छ ।  

सेयरबजारमा एकाएक आक्रामक सुधार देखिँदा लगानीकर्ताहरु उत्साहित बनेका छन् । बजारमा नयाँ लगानीकर्ताहरु प्रवेश गर्दा नयाँ रकम भित्रिएको छ । सेक्टरवाइज सबै कम्पनीहरु अहिलेको समयमा चल्ने बजार जानकारहरुको भनाई छ । ‘बुलिस ट्रेन्ड’मा चलेको सेयरबजारमा हिमालयन रि जस्ता हाई क्याप भएका कम्पनीहरु बढी चल्ने बजार जानकारहरु बताउँछन् ।

कम्पनीले १०० रुपैयाँ प्रतिकित्ता अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरेर २०६ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो । ८ महिनाको अन्तरालमा हिमालयन रि इन्स्योरेन्सका सेयरधनीहरुले १५१.६३ प्रतिशतसम्म नाफा बुक गर्न सफल भएका छन् ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.